पत्रकार अधिकारीमाथी भएको हातपातप्रति महासंघद्धारा विरोध

असाेज २९, पोखरा । पोखरा लेखनाथ महानगरपालिका १५ मजुवामा चालिस वर्षदेखि बस्दै आएका बाढीपहिरो पीडितले प्रशासनले डोजर लगाएर टहरा भत्काएको भन्दै आइतबार दिउँसो नाराबाजी सहित महानगरपालिकामा धर्ना दिएका छन् । ४० वर्ष अघिदेखि सार्वजनिक जग्गामा बस्दै आएका उनीहरूलाई प्रशासनले डोजर लगाएर हटाएपछि भीड आक्रोशित बनेको थियो। पीडितहरु प्रशासनको सहयोगमा विगत ४० वर्षदेखि मजुवाको सार्वजनिक जग्गामा बस्दै आएका थिए ।

पत्रकारलाई हातपात
महानगरपालिका घेराउ गर्न कार्यालय परिसरमा पुगेका बाढीपहिरो पीडितको भिडमा पोखरा २८ का विकास गुरुङले पत्रकार सुरेशराज अधिकारीमाथी हातपात गरेका छन् । पत्रकार अधिकारीले स्थानीय एक दैनिक पत्रिकामा शनिवार लेखेको समाचारप्रति आपत्ति जनाउँदै गुरुङले हातपात गरेका प्रत्यक्षदर्शी पत्रकारहरुले बताएका छन् । बाढिपहिरो पीडितलाई सुकुम्बासी भनेको भन्दै अधिकारीमाथी कुटपिट भएको हो ।

पोखरा १५ का निर्वािचत जनप्रतिनिधीले सूचना जारी गरेर अवैध रूपमा घरटहरा बनाएर बसेको भन्दै पीडितहरुको घर भत्काएका थिए । वडा अध्यक्ष प्रकाश पौडेलले जारी गरेको विज्ञप्तिमै सुकुम्बासी भनिएको पत्रकार अधिकारीले स्पष्ट पारेका छन् ।

पत्रकार अधिकारीमाथि भएको हातपातप्रति महासंघद्धारा विरोध
यसैबिच, पत्रकार अधिकारीमाथि भएको कुटपिटको नेपाल पत्रकार महासङ्घ कास्कीले विरोध जनाएको छ । अध्यक्ष दीपेन्द्र श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकारमाथि भएको घटना निन्दनिय भएको भन्दै दोषीमाथी कारबाहीको माग गरिएको छ । समाधान टिम, कास्कीका क्रियाशील पत्रकार सहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहलाई भेटेर दोषीलाई तुरुन्त पक्राउगरी कानुनी कारबाही गर्न आग्रह गरेको छ । एसपी सिंहले पक्राउगरी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार अधिकारीले आफूमाथि कुटपिट गर्ने विकास विरुद्धकिटानी जाहेरी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =