विदेशमा बस्ने नेपालीका सन्तानले चार वर्षका लागि नेपाली राहदानी पाउने

काठमाडौं, भदौ २६ । सरकारले विदेशमा बस्ने नेपाली नेपाली नगारिकका नागरिकता लिइ नसकेका सन्ततीलाई राहदानी दिने निर्णय गरेको छ । राहदानीको समय चार वर्षको रहने सरकारी निर्णय छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले नेपाली नागरिकता नलिएका नेपाली नागरिकका छोराछोरीलाई चार वर्षे राहदानी दिने निर्णय गरेको हो ।

गैर आवासिय नेपाली संघ (एनआरएन)ले आफ्ना सन्ततीका लागि नेपाली नागरिकता दिलाउन माग गर्दै आएका थिए । उनीहरुको मागको आंशिक सम्वोधनगर्दै सरकारले उनीहरुलाई नेपाली राहदानी दिने निर्णय गरेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =