कतारका लागि श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट

काठमाण्डौ । कतारसँग छिमेकी देशहरुले कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ । गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख तेजराज पाण्डेका अनुसार ४ दिन अघि ४६२ जनाले कतारका लागि श्रमस्वीकृति लिएकोमा सोमबार दिउँसोसम्म एक सय जनाले मात्र लिएका थिए ।

एक साता अघि साउदी अरब, बहराइन, यूएई, यमन, लिबिया र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेपछि त्यसको असर नेपालबाट कतार जाने नेपालीमा पनि देखिएको आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =