जब डाक्टर लिएर घरमै पुगे नगर प्रमुख

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका, जाजरकोटका प्रमुख टेकबहादुर रावल डाक्टर र औषधिसहित घरदैलोमा जुटेका छन् । उनी नगरपालिकाका विभिन्न वडा बस्तीमा फैलिएको भाइरल ज्वरो प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्यकर्मीको टोलीसहित पुगेका हुन् ।

बस्तीहरुमा फैलिएको भाइरल ज्वरो नियन्त्रण गर्ने उद्देश्यका साथ प्रमुख रावलका साथमा नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र सिंह, अहेब राजेन्द्र शाह, जिल्ला स्वास्थ्य कार्यालय प्रतिनिधि प्रचण्ड कार्की, अनमी सुनकुमारी सिंह, कार्यालय सहायक जसन्त परियारको टोली वडा न १० को रावतगाउ, ध्यारगाउँ पुगेको छ ।

ध्यारगाउँ, रावतगाउँमा प्रकोपबाट संक्रमित ३१६ जनाले सेवा लिएका छन् । जसमा महिला १९५ र पुरुष १२१ रहेका छन् । संक्रमित हुनेमा महिला तथा बालबालिकाहरुको संख्या अधिक रहेको छ । ती गाउँहरुमा मुलको पानी पिउने गरेका संक्रमण फैलिएको देखिएको छ । खानेपानीका मुहानहरु फोहोर भएकाले नै गाउँमा संक्रमण फैलिएको हो । गाउँमा औषधि पाएपछि स्थानीयहरु खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *