जग्गाका विषयमा बाबुको हत्या

कार्तिक १४, कलैया । बारामा जग्गाको अंश सम्बन्धी विषयलाई लिएर छोराहरूले आज बाबुको हत्या गरेका छन् ।

बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई निजका छोराहरू सुशील र सुनिल मिली बाँसको भाटाले टाँउका लगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएकामा जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा उपचारका क्रममा बिहान ९ः४५ मा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =