‘नो नो’भन्दा भन्दै देउवाले दीपकलाई मन्त्री बनाइ छाँडे

काठमाडौँ, भदौँ २५ । देउवा सरकारमा खाली रहेको वन तथा भू–संरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनःनिर्माण मन्त्रालय आज भरिँदैछ । राप्रपा प्रजातान्त्रिकका नेता रामकुमार सुब्बाको नाम पनि फुल मन्त्री बन्ने चर्चा चलेको थियो । तर, उनको नाम कटाएसँगै आज तीन भाई मन्त्री बन्ने भएका छन् भने,दीपक वन तथा भू–संरक्षण मन्त्री बन्दैछन् । अरु दुई मन्त्रालयभन्दा मालदार मन्त्रालय हो, वन मन्त्रालय । विज्ञान र शान्ति मन्त्रालय झिंगा धपाउँने मन्त्रालय भन्दै विक्रम पाण्डे र सुनिलबहादुर थापाले आनाकानी गरिरहेका छन् । तर, विज्ञान मन्त्रालयमा विक्रम र शान्ति तथा पुनःनिर्माण मन्त्रालयलम सुनिल थन्किने पक्का भएको ।

नेपाली काँग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा (प्रजातान्त्रिक)का नेता दीपक बोहरालाई मरिगएनी मन्त्री बनाउदिन भने तर आज उनै बोहरालाई देउवाले सपथ खुवाउने भएका छन् । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणालाई देउवाले पटक पटक ‘दीपक बाहेक अरू चार जनाको नाम दिनुस् तर दीपकको काट्नुस’ भन्दै आएपनि आज साँझ दीपकसहित विक्रम पाण्डे र सुनिल थापाले मन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् ।

आइतबार बिहान बसेको राप्रपा प्रजातान्त्रिक पार्टी संसदीय दलको बैठकले बोहरालाई सर्वसम्मत दलको नेता र विक्रम पाण्डेलाई दलको उपनेतामा सर्वसम्मत चयन गरेको थियो । यससँगै राप्रपाको उक्त बैंठकले देउवा नेतृत्वको सरकारमा दीपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई पठाउने निर्णय गरेको हो ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका दीपकलाई मन्त्री बनाउँदिन भन्दै प्रधानमन्त्री देउवाले राणालाई जानकारी गराउँदै आएका थिए । तर, दीपक बोहराले मलाई मन्त्री बन्न छेक्नेको हबिगत देखाउँछु भन्दै राणासँग पाखुरी धसेपछि अन्ततः राणा तर्सिएका थिए । भर्खंरै नयाँ दल दर्ता गरेको त्यसमाथि दीपकसँग सम्बन्धमा टकराव ल्याए झनै समस्या सिर्जना हुने देखेपछि देउवासमक्ष जसरी हुन्छ दीपकलाई मन्त्री बनाउन राणाले आग्रह गरेका थिए ।

तर, देउवाले नो नो भन्दा भन्दै राणाले अनेक जालझेलका कुरा गरेर आज दीपकको संयोजकत्वमा दुई भाइले मन्त्रीको सपथ खाँदै छन् भने बाँकी तीन जना राज्यमन्त्रीको सपथ ग्रहणको पनि चाँडै टुङगो लाग्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *