एनसेलले ति¥यो १३ अर्ब ६० करोड कर

जेठ २१, काठमाडौं । ठूला करदातामा रहेको एनसेलले सरकारलाई १३ अर्ब ६० करोड कर भुक्तानी गरेको छ। आइतबार ठूला करदाता कार्यालयमार्फत कम्पनीले उक्त कर रकम दाखिला गरेको हो। ठुला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले आइतबार कर दाखिला गरेको हो।

टेलियासोनेराबाट अजियाटा कम्पनीले किन्दा लाग्ने २५ प्रतिशत लाभकरमा १५ प्रतिशत दायित्व नेपालमा भएको कम्पनी एनसेल अर्थात अजियाताको रहने र बाँकी १० प्रतिशत दायित्व बिक्रेता अर्थात टेलियाको रहने हालको एनसेलको दाबी रहँदै आएको छ।

त्यही अनुसार यसअघि ९ अर्ब ९६ करोड रुपैयाँ बुझाइसकेको थियो भने आइतबार (आज) एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। यसहिसाबले एनसेल ‘अजियाटा’ले २३ अर्ब ५६ करोड रुपैयाँ लाभकर बापत भुक्तानी गरिसकेको छ।

यो लाभकरको १५ प्रतिशत हुने आउने र अजियाटाको कर दायित्व यो भुक्तानीबाट पुरा भएको छ । यो भन्दा बाँकीको दायित्व बिक्रेताको हुने भन्दै अब सरकारले बिक्रेता टेलियाबाट उठाउनुपर्ने एनसेलको धारणा रहेको छ।

तर ठुला करदाता कार्यालय स्रोतका अनुसार हाल पनि कर निर्धारणको क्रममै रहेकोले कसले कति, किन र कसरी तिर्ने भनेर निर्धारण हुनै बाँकी रहेकोले यो अग्रिम कर कट्टीको रुपमा जाने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =