एमालेलाई मधेसका जनताले देखे कि झम्टि हाल्छन् अनि तालमेल कसरी गरौँ ?

रौतहट,भदौँ २५ । चुनावी दौरानमा लागिपरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले रौतहट जिल्लातिर भोट माग्दै छन् । भने, आगामी असोज २ गतेको चुनावी प्रचारप्रसारका क्रममा  स्थानीय तह निर्वाचनमा काँग्रेससँग तालमेल हुन नसक्नुमा आफ्नो केही द्वोष नभएको प्रष्ट्याएका छन् ।

आइतबार बिहान रौतहटमा भेलामा काँग्रेसभित्रको अराजकताबादी समूहले गर्दा तालमेल हुन नसकेको बताउँदै अब काँग्रेस सङ्गठित पार्टी भन्दा पनि अराजकता पार्टी बनेको आरोप लगाए । केही दिन अघि सत्तारुढ दलबीच २ नम्बर प्रदेशको स्थानीय चुनावमा तलामेल गर्ने टुङगो लागेपनि अन्त्यमा स्थगन भएको थियो ।

‘तालमेल नहुँदैमा हामी निराश भएका छैनौँ । काँग्रेस भित्रको अराजकताले गर्दा चुनावी तालमेल हुन सकेन । हामीले एमालेसभन्दा पनि काँग्रेससँगै तालमेल गर्दा फाइदा हुने भएर असोज २ को चुनावका लागि बल गरेको थियौँ । तर,अब त्यो स्थिति रहेन ।’ उलने भने,‘मुख्यतः एमालेलाई मधेसका जनताले देखे कि झम्टि हाल्ने गरेका छन् यसकारण पनि मैले उहाँहरूसँग तालमेलका लागि बल गरिनँ । यसो नभएको भए केहिँ सम्म सम्भव थियो ।’ अर्कातिर हाम्रो प्रभाव भएका ठाउँमा उसले मेयर बाहेक अरू लानुस् भनेपछि हामीले तालमेल गर्न नमानेको समेत उनले बताए ।

अध्यक्ष प्रचण्डले अविरल वर्षाका कारण गत साउनमा आएको आएको बाढीपश्चात् सबैभन्दा पहिला आफू नै मधेस झरेर बाढीपीडितहरुको घरमा पुगेको जानकारी गराए । उनले सप्तरी, सर्लाही धनुषा, रौतहट आफै पुगेर राहत र क्षतिपुर्तिका लागि अहिले पनि ताकेता गरिरहेको बताए । जनताले रुचाएको माओवादी नै हो यसकारण एमालेको बिचमा सत्ताको साँचो र चाबी आफैसँग भएको खुलासा गरे । अहिलेको अवस्थामा तेस्रो शक्तिमा भए पनि अर्को चुनावमा माओवादी स्वतःपहिलो शक्ति बन्ने दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *