दसैँका लागि यस्तो छ डिलक्स बसको भाडादर

भदौ २५, काठमाडौ । यातायात व्यवस्था विभागसँग सहमति भएपश्चात दसैँका लागि पर्सि मंगलबारदेखि यातायात व्यवसायीहरुले अग्रिम बस टिकट बुकिङ खुला गर्ने भएका छन् । उनीहरु अग्रिम बस टिकट बुकिङ खुलाउन सकारात्मक भएका हुन् । सहमति अनुसार व्यवसायीले अब बसमा छत राख्न पाउने छन्, तर राखिएको छतमा यात्रुका सामान मात्रै राख्न पाइने छ । यदी यात्रु राखेको पाइएमा इजाजत नै खारेज हुनेसम्मका कारबाही हुने छ ।

सहमती पश्चात यात्रुहरु पुरानै भाडादरमा घर जान पाउने भएका हुन् । छठ पर्वअघि भाडा समायोजन नगरिने भएपछि यात्रुहरु पुरानै भाडादरमा घर जान पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।

‘छठ पर्वअघि भाडा समायोजन हुँदैन, त्यसपछि समायोजन हुँदा भाडा घट्न पनि सक्छ र बढ्न पनि सक्छ’ उनले भने । तोकिएभन्दा बढी भाडा नदिन उनले सर्वसाधारणलाई आग्रह समेत गरे । यसअघि बस भाडा समायोजनका लागि अध्ययन गर्न भनेर एक समिति गठन भएको थियो ।

समितिले इन्धनको मूल्य पार्टपूर्जा तथा लुब्रिकेन्टको मूल्य, सवारी साधनको मूल्य तथा मूल्यह्रास, स्टाफको खर्च लगायतका विषयलाई अध्ययन गरी हालको भाडामा समायोजन गर्नेगरी सुझावसहितको प्रतिवेदन दिने छ । तर, समितिले अहिलेसम्म पनि प्रतिवेदन नबुझाएको विभागका प्रवक्ता पाण्डेले बताए । अहिलेको भाडा वैज्ञानिक नभएको भन्दै यातायात व्यवसायीले वैज्ञानिक रुपमा समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् । ‘सबै कुराको अध्ययन गरेपछि नयाँ भाडादर कायम गर्नु जरुरी छ, वारम्बार व्यवसायीलाई झुक्याउने काम हुनु भएन’ उनले भने । आफूहरु भाडा समायोजन गर्दा घट्ने भएमा घटाउन तयार भएको र बढ्ने भएमा बढाउनुपर्ने उनले बताए ।

चाडपर्वअघि भने पुरानै भाडादरमा यात्रु घर जान पाउने सिटौलाले बताए । ‘चाडपर्वअघि यात्रुहरुले पुरानै भाडादरमा घर जान सक्नुहुन्छ, सवारीसाधनको प्रकार अनुसारका भाडादर यसअघि नै तोकिएको छ, तोकिएभन्दा कसैले बढी भाडादर नतिर्नुहोला’ सिटौलाले सुझाव दिए ।

चाडपर्वपछि भने भाडादर वैज्ञानिक रुपमा समायोजन गरिने उनले स्पष्ट पारे ।

यस्तो छ  विभिन्न ठाउँहरुको दुरी र डिलक्स बसको बस भाडादर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *