काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने, यसरी मिल्यो कुरा

काठमाडौं, भदौ २५ । काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ । ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो ।

शनिबार काठमाडण्डौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठ्ने भएको महानगरपालिकाले जानकारी दिएको छ ।

ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई  दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरुले फोहोर फाल्न अवरोध गरेका थिए ।

महानगरले आवास प्रभावितलाई प्रतिस्क्वायर मिटर बार्षिक ५० रुपैयाँ दिँदै आएकोमा नयाँ आर्थिक बर्षदेखि उक्त रकम घटाएको कारण स्थानीयले विरोधस्वरुप फेहोर फाल्न अवरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *