युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि स्टेफेन्सले हात पारिन्
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, भदौ २५ । वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि अमेरिकी खेलाडी स्लोआनी स्टेफेन्सले जितेकी छिन् ।
अमेरिकाको न्यूयोर्कमा भएको फाइनल खेलमा आफ्नै राष्ट्रकी म्याडिसन किजलाई हराउँदै स्टेफेन्सले करियरमा पहिलोपटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।
पहिलोपटक ग्रान्डस्लाम फाइनल खेलिरहेका दुई अमेरिकी खेलाडीबीचको भिडन्तमा स्टेफेन्स ६–३ र ६–० को सोझो सेटमा विजयी भइन् ।
खुट्टाको चोटका कारण ११ महिना टेनिसबाट टाढा रहेकी स्टेफेन्सले गत विम्बल्डन टेनिसमार्फत् कोर्ट पुनरागमन गरेकी थिइन् ।
युएस ओपनको उपाधि जितेसँगै स्टेफेन्टस सन् २००२ यता विलियम्स परिवारभन्दा बाहिरबाट युएस ओपन जित्ने पहिलो खेलाडी बनेकी छन् । सन् २००२ मा जेनिफर क्याप्रियाटीले यो उपाधि जितेकी थिइन् ।
युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि दावेदार रफाइल नदाल र दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डर्सन भिड्नेछन् ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित