नेपाल आइडलबाट बाहिरिए सागर आले

भाद्र २३, काठमाडौँ । नेपाल आइडलको अन्तिम तीनमा बुद्ध लामा, प्रताप दास, निशान भट्टराई प्रवेश गरेका छन् । आज नेपाल आइडलको टप फोरबाट सागर आले बाहिरिएका छन् ।
अब नेपाल आइडलका टप थ्रीबाट नेपाल आइडल घोषणा गरिनेछ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलमा दर्शकको भोटिङको आधारमा फइनल राउण्डमा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई छनौट भएका हुन् ।
नेपाल आइडलको भोटिङका विषयमा विवाद बढेर अदालतसम्म पुगेको थियो । गत हप्ताको भोटिङबाट निर्णय सार्वजनिक गरिएको थियो । हिजो बिहीबार भोटिङ गरिएन । नेपाल आइडलबाट बाहिरिँदै सागर आलेले नेपाल आइडलबाट आफूले धेरै पाएको बताए । उनले सङ्गीत क्षेत्रमा लागि रहने बताए ।


सागर आले भित्र राम्रो कलाकारिता रहेको कार्यक्रमका निर्णायक कालीप्रसाद रिजालले बताए । निर्णायक गायिका इन्दिरा जोशीले संसारमा जित्नेले सफलता हासिल गरे पनि हार्नेहरुले पनि संसार जितेको इतिहास भएकोले सागर आले अगाडी बढ्न सक्ने बताइन् । अर्का निर्णायक न्यूह बज्राचार्यले सागरको भविष्य उज्वल रहेको बताए । अतिथि निर्णायक गीतकार तथा उद्योगी वसन्त चौधरीले सागरले आफ्नो लक्ष्य नछोड्न भने ।
नेपालमा एपी वानले पहिलो पटक फ्रेञ्चाइज सो ल्याएको हो । प्रतियोगिताको ग्राण्ड फेनाले सेप्टेम्बर २२ मा कतारमा हुने बताईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *