सर्लाहीमा ५४ जनामा डेंगु भेटियो

सर्लाही, भदौ २३ । सर्लाहीमा दुई हप्ताको अवधीमा ५४ जना डेंगुका बिरामी फेला परेका छन् । सर्लाहीको उत्तरी भेगका विभिन्न निजी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा उपचार गर्न पुगेका बिरामी मध्ये ५४ जनामा डेंगु लागेको पुष्टी भएको हो ।

जिल्लाको लालबन्दी, हरिवन, बागमती र ईश्वरपुर नगरपालिकाको विभिन्न वडामा डेंगुका बिरामी फेला परेका प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । एक सय ४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने र मांसपेशी तथा जोर्नीहरु दुख्ने लक्षण भएका बिरामीमा गरिएको रगत परीक्षणबाट डेंगु लागेको पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका मेडिकल अधिकृत चन्दन चौधरीले जानकारी दिनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रकै निगरानीमा उपचार भैरहेका ती सबै बिरामीको अवस्था सुधार उन्मुख रहेको डा. चौधरीले बताउनुभयो । यसक्षेत्रमा डेंगुको बिरामी देखिन थालेपछि स्वास्थ्य सेवा विभागबाट आवश्यक औषधी र किट मगाएर बिरामीको उपचार भैरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *