सप्तरीमा ८ सय ५६ जनप्रतिनिधिका लागि ५ हजार ६ सय ८३ को उम्मेदवारी

काठमाडौं, भदौ २३ । असोज २ गते हुने स्थानिय तह निर्वाचनका लागि सप्तरीमा ८ सय ५६ जनप्रतिनिधिका लागि सप्तरी ५ हजार ६ सय ८३ को उम्मेदवारी परेको छ ।सप्तरीको ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि १८ वटै स्थानिय तहको प्रमुख पदका लागि २ सय १४ जनाले आफ्नो उम्मेदवारी दिएका छन् भने उपप्रमुखका लागि १ सय ६६ वटा मनोनयन परेको जिल्ला मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै १ सय ६४ वडाका लागि वडा अध्यक्षमा १ हजार २ सय १७ जनाको मनोनयन दर्ता भएको छ । यस्तै वडा महिला सदस्यका लागि १ हजार ७४, दलित महिला सदस्यका लागि ९ सय ८२ र खुल्ला सदस्यका लागि २ हजार ३० वटा मनोनय दर्ता भएको छ ।

८२ जना जनप्रतिनिधिका राजविराज नगरपालिमा ५ सय ४७ वटा मनोनय दर्ता भएको छ । मेयरमा १३, उपमेयरमा ९, वडा अध्यक्षमा १ सय २५, महिला सदस्यमा १ सय ६, दलित महिला सदस्यमा ८८ र खुल्ला सदस्यका लागि २ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *