मेक्सिकोमा आठ म्याग्निच्यूडको भूकम्प, आठ देशमा सुनामीको चेतावनी

एजेन्सी ।  दक्षिणी मेक्सिकोमा आठ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । विदेशी सञ्चार माध्यमका अनुसार प्रशान्त महासागरको तटीय क्षेत्रमा गएको भूकम्पका कारण सयौँ किलोमिटर टाढा मेक्सिको सिटीका भवनहरू हल्लिएका थिए ।

मेक्सिको सिटीका प्रत्यक्षदर्शीहरूले झन्डै एक मिनेटसम्म भूकम्पले हल्लाएको र मानिसहरू दौडेर सडकमा निस्किएको बताएका छन् । मेक्सिकोको नागरिक सुरक्षा निकायले सन् १९८० को दशकयताकै सबैभन्दा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको जनाएको छ ।

अहिलेसम्म धनजनको क्षतिको कुनै पनि विवरण प्राप्त भने भइसकेको छैन । भूकम्पपछि दुई हजार किलोमिटर टाढा इक्वेडरमा रहेको एउटा टापुसहित आठ वटा देशमा सुनामीको चेतावनी दिइएको छ ।

(विविसीको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *