फोटोपत्रकारका रूपमा सत्यराजको संघर्ष

भदाै २३, काठमाडौँ । सत्यराज आचार्यको पहिचान केवल गायक तथा सङ्गीतकारमा मात्र सिमीत छैन । फिल्म ‘आचार्य’ र ‘कर्कस’मा उनको अभिनय आम दर्शकको मानसपटलमा अझै जीवित नै छ । यिनै सत्यराज अब फोटोपत्रकारका रूपमा दर्शकमाझ आउँदैछन् । आगामी मङ्सिर १५ गते रिलिज हुन लागेको फिल्म ‘साढे सात’मा सत्यराजलाई नाकाबन्दी ताका तराईमा भएको आन्दोलनको स्थलगत फोटो खिच्ने काममा संघर्ष गरिरहेको चरित्रमा दर्शकले हेर्न पाउनेछन् ।

फिल्ममा सत्यराजसँगै सुनिल थापा, मेनुका प्रधान, सुप्रिया कटुवाल, कामेश्वर चौरासियालगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा साप्तेन भुटियाको पटकथा, सम्पादन, अनिष तामाङको छायाङ्कन, सत्य–स्वरूपको सङ्गीत छ । कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण मिडिया ग्रुपका प्रमुख रामेश्वर थापाले फिल्मलाई दर्शकले मनपराउनेमा आशा व्यक्त गरेका छन् ।

अभिनेता सुनिल थापा प्रस्तुतकर्ता रहेको फिल्मले भारतले नेपालमा लगाएको नाकाबन्दीको समयमा एक पत्रकारले भोगेको पीडालाई प्रस्तुत गरिएको छ । फिल्मका निर्देशक साम्तेन भुटियाले नाकाबन्दीको समयमा हरेक अभाव सहेर आफ्नो काममा सक्रिय फोटोपत्रकारको कथालाई फिल्ममा प्रस्तुत गरिएको बताए । प्रस्तुतकर्ता सुनिल थापाले फिल्म निर्माण गर्दा निकै संघज्ञर्ष गर्नुपरेको बताए ।

सत्य स्वरूप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो, एवीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्शनले संयुक्त रूपमा निर्माण गरेको यो फिल्मको ट्रेलर र फष्टलुक बिहीबार राजधानीमा सार्वजनिक गरियो ।

https://youtu.be/Uv0cX5M1yAE

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =