दसैँ बुकिङमा बार्गेनिङ : यस्ता छन् व्यवसायीका पाँच माग

“काठमाडौं, भदौ २३ । यातायात व्यवसायीले अनावश्यक माग राख्दै पूर्वसहमति विपरीत दसैंका लागि अग्रिम टिकट बुकिङ खुला थर्न आनाकानी गरेका छन् ।

विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैंको मुखमा टिकट बुकिङ खुलाउन आनाकानी गरको हुन् ।

सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरुले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन् ।

व्यवसायीले बुकिङ नखुलाएपछि विभिन्न टिकट लिन पुगेका यात्रु निराश भएर फर्केका छन् ।

व्यवसायीका​ पाँच माग यस्ता छन् ।

-भाडा समायोजन हुनुपर्ने ।

-साविकका १४ वटै अञ्चलमा लामो दूरीका सवारी साधनको जाँचपास हुनुपर्ने ।

-सवारी साधनको छतमा सामान बोक्न पाउनुपर्ने ।

-सडकको मर्मत सम्भार गर्नुपर्ने ।

-सडकमा उद्धार उपकरण (रेस्क्यु मेसिन) राख्नुपर्ने ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *