कामचलाउ सरकारले गरेका निर्णय अनुचित : नेता ओली

माघ १२,पोखरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूखुशी अब,बन्ने सरकारलाई अफ्टेरोमा पार्ने र मुलुक आर्थिक अवस्थालाई तहसनसह पार्ने नियतले अनुचित निर्णयहरू गरेको आरोप लगाएका छन्।
शुक्रवार पोखरामा सामुदायिक रेडियो प्रसारका सङ्घ नेपाललेको ९३ औँ अधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्धाटन गर्दै सो आरोप लगाएका हुन्।
काम चलाऊ सरकारले गरेका निर्णयले कालान्तरमा अर्थतन्त्रमा नै घाटा पुग्ने टिप्पणी गर्दै अध्यक्ष ओलीले सरकारले नीति र संविधान विरुद्ध दीर्घकालीन निर्णयहरू गरिरहेको आरोप लगाए।
आवश्यकता अनुसार फेरि पनि संविधान संशोधन हुने बताउँदै नेता ओलीले मधेसको माग छिटै सम्बोधन गरिने बताए। ‘यो समय राजनीतिक मुद्दा बोकेर हिँड्ने भन्दा पनि विकास र समृद्धिको एजेन्डा बोकेर हिँड्ने समय हो’ उनले भने। ‘अब,सबै मिलेर विकास र समृद्धिको यात्रा तयगर्नु पर्छ।

सामुदायिक रेडियोले समुदायका विषयवस्तुमा केन्द्रित रहेर समाचार र कार्यक्रम उत्पादन गर्दै आएकोमा प्रशंसा गर्दै अध्यक्ष ओलीले सामाजिक कुरीति विरुद्धमा सामदायिक रेडियोले खेलेको भूमिका निकै महत्त्वपूर्ण भएको बताए।
नेता ओलीले आफ्नो नेतृत्वमा बन्ने सरकार प्रेस स्वतन्त्रताको पक्षधर तथा मिडियामैत्री हुने विश्वास दाबी गरे । स्थानीय तहले विकासको खर्चलाई कटाएर रेडियो खोल्नु भन्दा भएका रेडियोसँग साझेदारी गरी विकास र समृद्ध समाज निर्माणमा लाग्न नेता ओलीले आग्रह गरे।
सामुदायिक रेडियोका बारेमा सामुदायिक रेडियो प्रसारका सङ्घ नेपालले उठाएको एजेण्डामाथी छलफल गर्न आफू तयार रहेको हुने बताए।








