‘रिचार्जका लागि पानी संचिती’

धरान, पुस ३० । धरान लगायत तरहरा ईटहरी जस्ता शहरमा भूमीगत पानीको श्रोत वढाउन पनि धरानका हरेक घरले आकासे पानीलाई सचित गर्ने प्रविधि उपयोग गर्ने नीति वनाउनु पर्नेमा सवै सरोकारवाला निकायले सुझाव दिएका छन् ।
उधोग वाणिज्य संघको हलमा शनिवार आयोजित ‘भूमीगत पानीको संचिती र यसको उपयोग’ विषयक कार्यशाला गोष्ठिका सहभागीहरुले पानीको सदुपयोगमा जोड दिएका छन् ।

धरानको जलश्रोत वारेमा अध्ययन अनुसन्धान गर्ने उद्धेश्यले गठन भएको धरान पानी चौतारीको चौथो श्रृंखला अन्तर्गत भेला भएका पानी विज्ञहरुले धरानका हरेक घरले आफ्नो छाना वाट झरेको पानीलाई सकलन गरेर ४ फिट गहिराईको गिटि वालुवा हालिएको एउटा खाल्डोमा सचित गर्नु पर्ने सुझाव दिएका छन् । आकासवाट झरेको त्यस्तो पानीलाई अहिले सम्म ढल नालामा निकास गरीने भएकोले वाढि जाने गरेको वताउदै वरु त्यस्ता पानीलाई खाल्डो मार्फत जमिनमा नै पसाउने विधि अपनाएमा भूमीगत जल भण्डार भरीने विज्ञहरुले सुझाव दिएका छन ।

जलवायु परीवर्तनको असरले विश्वलाई नै दुख दिन थालेको छ । अझ यसको असर हिमाली क्षेत्रभएको देशमा वढि हुने गरेको छ । किन भने पृथ्वीको तापक्रम वडेर हिउहरु पग्लन थालेको छ । जसको कारण हामी हिमखण्डको काखमा वस्ने जनताहरु वाढि पहिरोको खतरा मोल्न तयार हुनु परेको छ । यस्तो खतरालाई न्युनिकरण गर्न धरानवासीले वन जंगल र पानीको राम्रो व्यवस्थापन गर्न सकेमा पर्यटन व्यवसायमा पोखरालाई पनि उछिन्न सक्ने कुरा साउथ एशिया ईस्टिच्युट अफ एडभान्स स्टडि – सियास) का कार्यकारी निर्देशक तथा जलवायु परिवर्तन विषयका डाक्टर ङ्गमिन्द्र दाहाल ले धराणा व्यतm गरे ।

यसै गरी कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगर पालिकाका मेयर तारा सुव्वाले धरानलाई सधै पानी अभाव नै छ यसको व्यवस्थापनको लागी राम्रो निती वने पनि कार्यन्वयन पक्ष फितलो भएको कारण विभिन्न समस्या आउने भएकोले आफुले वनेको नितीलाई ठोस रुपमा कार्यान्वयन गराउने दिशामा अग्रसर भएको वताए ।

वरीष्ठ ईन्जिनियर सुरज श्रेष्ठले स्मार्ट सिटिको अवधारणा भनेको प्रविधिको विकाश मात्र नभएर प्राकृतिक सरचनाको वैज्ञानिक प्रयोग पनि हो ,जसलाई आज हामीले पनि चलाउन पाउ र भोलीको पुस्तालाई पनि सकुसल हस्तान्तर गर्न सकौ । पानीको श्रोतहरुलाई पनि त्यसरी नै उपयोगमा ल्याउन आवश्यक रहेको वताए ।

धरानका निर्माण व्यवसायि, कन्सल्टयान्ट ,नगर पालिकाका प्राविधिक खानेपानी व्यवस्थापन वोर्डका सदस्यहरुको उपस्थिति रहेको सो भेलामा सियासका कार्यक्रम संयोजक कौस्तुभ राज न्यौपानेले शहरीकरणमा भुमीगत पानीको प्रयोगवाट उत्पन्न हुने असर र निराकरणको विधीहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्र माथी समुहगत छलफल चलेको थियो । सोहि दिन सियासका विज्ञहरुले धरान महानगर पालिकाको कार्यालय हाता भित्र वर्षाको पानीलाई सकलन गरी जमिनलाई रिचार्ज गर्ने नमुना स्थल को पनि निर्माण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =