बार्सिलाेना र रियल मड्रिड विना लालिगा साेच्न नसकिने

एजेन्सी । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टमेयुले आफ्नो क्लबले लालिगा छाड्ने कुनै योजना नभएको बताएका छन् । स्पेनमा क्याटलोनियाले स्वतन्त्र देशको माग गर्दै आएकाले राजनीतिक सङ्कट चुलिएको छ । बढ्दो राजनीतिक सङ्कटसँगै फुटबल क्लब बार्सिलोनको भविष्यलाई लिएर अनेक अड्कलबाजी भैरहेका बेला अध्यक्ष बार्टमेयुले लालिगा नछाड्ने बताएका हुन् । केही दिन अघि क्याटलान राज्यका खेल मन्त्री जेरार्ड फिगुएराजले बार्सिलोनाले स्पेनबाहेक अरू कुनै देशबाट खेल्नु पर्न सक्ने बताएका थिए ।

शनिवार क्लबको वार्षिक साधारण सभामा बोल्दै क्लबका अध्यक्ष बार्टमेउले क्लबको रक्षाका लागि बोर्ड सधैँ लागि परेको बताए । उनले भने ‘हामीले क्लब र प्रतियोगितालाई खतरामा पार्ने काम कहिल्यै गर्दैनौँ । हामीले लालिगामा निरन्तर खेल्न चाहन्छौ । यसले लालिगा र बार्सिलोना दुवैलाई फाइदा पुग्दछ ।’

लालिगाका अध्यक्ष जेभियर टेबासले भने क्याटलोनिया स्वतन्त्र भएको खण्डमा बार्सिलोनाले लालिगामा खेल्न नपाउने बताउँदै आएका छन् । तर, स्पेनिस लिगका अन्तर्राष्ट्रिय अधिकार धारक जाउमे रोउरेसले भने रियल मड्रिड र बार्सिलोना बाहेकको लालिगा सोच्न नसकिने बताएका छन् । वर्ल्ड फुटबल समिटका अवसरमा उनले भने, ‘बार्सिलोना र रियल मड्रिडको बिचमा लभ–हेट रिलेसनसपि रहेको छ । तिनीहरूलाई एक अर्का चाहिन्छन् । यदि एल क्लासिको नहुने हो भने स्पेनिस लिगको ग्लोबल चार्म नै हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =