आजपनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईंदै

काठमाडौं, कात्तिक १७ । आजपनि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । हिजो खुवाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज स्वयम् सेविकाहरु घर घरमै पुगेर भिटामिन ए र जुकाको औषधी खुवाउनेछन् ।

यही कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भनिए पनि तिहारका कारण कार्यक्रम सारिएको थियो । भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालिन झाडापखाला लाग्ने, दादुरा लगायतका रोग लाग्ने चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य स्वयम् सेविकाहरुसँग सम्पर्क गरी आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सरकारले सबैमा अनुरोध गरेको छ । सरकारले ६÷६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =