याे कस्ताे परिवार बच्चा जन्मदा ६ अाेटा अाैंला लिएर आउँछन्

एजेन्सी । यो दुनियामा एउटा परिवार यस्तो पनि छ जहाँ नयाँ बच्चा जन्मिने बेलामा उसका हातखुट्टामा ६–६ औंला होउन् भनेर परिवारका अन्य सदस्यले प्रार्थना गर्दछन् ।हातखुट्टामा ६–६ औंला भएको यो परिवारको प्रार्थना सायद भगवानले सुनेछन् क्यारे हालै एउटा बच्चा जन्मिएकोमा उसका पनि ६–६ वटा नै औंला छन् ।
ब्राजिलको ब्रासिलियामा यस्तो आनुवंशिक विशेषता भएको परिवार छ । २४ सदस्यीय डी सिल्भा परिवारका उक्त १४ सदस्यका हातखुट्टा ६ औंले छन् । यो अद्वितीय परिवारमा सबै सदस्य ६ औंले हुँदा गौरवान्वित छन् । किनकि उनीहरू भीडबाट फरक भएकोमा गर्व गर्छन् ।

हालै ६ औंले छोरा जन्माएका अलेसान्द्रो आफ्नो छोरामा पनि आफूजस्तै गुण सरेकोमा मख्ख छन् । आफूहरुको जस्तो अद्वितीय पारिवारिक चिनो दुनियाँका अरू परिवारमा नभएको उनी बताउँछन् ।
अलेजान्द्रो ६ औंले भए पनि उनकी पत्नी कातियाका सामान्य मानिसमा झैँ ५ वटा नै औंला थिए । त्यसैले आफुहरुबाट जन्मिने छोराले बाउको बिँडो थाम्ने नथाम्नेमा उनी ढुक्क थिएनन् । जेठो छोरा गुलहेर्मका चाहिँ ६ वटै औंला थिए ।
हातखुट्टामा सामान्यभन्दा बढी औंला हुने आनुवांशिक अवस्थालाई पोलिडेक्टाइली भनिन्छ जुन हरेक १ हजार जन्ममा एक बच्चामा हुन्छ । परिवारका २४ सदस्यमध्ये १४ जना ६ औँले भएका कारण यो डी सिल्भा परिवार फेमेली अफ सिक्सको नामले चर्चित छ ।








