पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकू मारिए

काबुल, २१ भदौ । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना सशस्त्र लडाकू मारिएको समाचार छ । अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूलाई नै लक्ष्य गरेर अफगान सेनाले उक्त प्रान्तमा बुधवार बिहानै हवाई कारबाही गरेको थियो ।

सो कारबाहीमा परी ११ जना लडाकू मारिएको पुष्टि यहाँको गृह मन्त्रालयले गरेको समाचारमा उल्लेख गरिएको छ । मन्त्रालयले बुधवार प्रकाशन गरेको विज्ञप्तिमा भनेको छ– आज बिहानै आतङ्ककारीहरुका विरुद्धमा अफगान सेनाले गरेको कारबाहीका क्रममा ११ जना आतङ्ककारी मारिएका छन् ।

मारिएका ती लडाकू आइएस सम्बद्ध लडाकू रहेको उक्त विज्ञप्तिमा जनाइएको छ । आइएसका लडाकूले पूर्वी अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सेनासँग भिडन्त गर्ने गरेको छ । सोही कारण पनि पछिल्लो समयमा अफगानिस्तानको सेनाले उनीहरूका विरुद्धमा कारबाहीलाई तीव्र पारेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *