यसरी नेपाली युनिकोडमा सजिलै टाइप गर्न सिक्नुहोस

भदाै २१, मकालु खबर । कम्युटरमा नेपाली युनिकोड टाइप गर्ने दुई थरी तरिका छन् । एउटा रोमनाइज्ड र अर्को चाहिँ ट्राडिस्नल ।

तपाईँले पहिले देखि नै प्रीति, कान्तिपुर जस्ता फन्टमा टाइप गर्ने गर्नु भएको छ भने ट्याडिस्नल युनिकोड सजिलो हुन्छ । यसमा प्रयोग हुने किबोर्डका ‘कि’ अधिकाशं पुराना फन्टसँग मिल्छन् । तर, अहिलेसम्म नेपाली टाइपको बानी पार्नु भएको छैन भने रोमनाइज्ड युनिकोड रोज्नुस्, सजिलो हुन्छ ।

रोमनाज्डमा टाइप गर्दा रोमन अक्षरसँग धेरै मिल्ने हुन्छ । किबोर्डमा ram टाइप गर्नु भयो भने नेपालीमा ‘राम’ हुन्छ । सबै शब्द ठ्याक्यै रोमनमा भने मिल्दैनन् । जस्तो कि k मा क हुन्छ । तर, kha ख हुँदैन । ख को लागि Shift+k गर्नु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *