अस्पतालको पेटीबाट सविनाको प्रश्न : ‘आलो सुत्केरीलाई कहिलेसम्म भुइँमा सुताउने ?’
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २१ । चार दिनदेखि सुत्केरी भएकी समाखुसीकी सविना नाज अस्पतालको पेटीमै सुत्छिन् । थापाथलिस्थित प्रसुतिगृहमा उनको उपचार चलिरहेको छ । आजको कान्तिपुरमा खबर छ ।
अस्पतालको आकस्मिक कक्षमा वेड नपाएपछि चारदिने शिशु लिएर पेटीमै सुत्नु परेको उनले सुनाइन् ।
उनले भनिन्,
-रातभरि लामखुट्टेले टोक्छ ।
-आमा बच्चा दुवै निदाउन पाएका छैनौं ।
-डाक्टर पनि पेटीमा सुत्ने बिरामीलाई खासै हेर्न आउँदैनन् ।
-पेटी नजिकैको शौचालय गन्हाएर खाना खान र आराम गर्न पनि सकेको छैन ।
-धेरै पटक डाक्टर र नर्ससँग झगडा पर्यो ।
-सुत्केरी भएपछि रेफर गर्न मिल्दैन भन्छन् ।
-आलो सुत्केरीलाई कहिलेसम्म भुइँमा सुताउने ?
प्रसुतिगृहमा दिनानुदिन सुत्केरी हुन आउने महिलाको चाप बढ्दो छ । सुत्केरी हुन दैनि ८० जना नयाँ महिला थपिने अस्पताल प्रशासनको तथ्यांक छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








