यो हप्ता पैसा नलाग्ने नेपाल आइडलमा भोट गर्न (सुचनासहित)

काठमाडौं, भदौ २१ । नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलमा भोट गर्दा यो हप्ता पैसा नलाग्ने आयोजकले बताएको छ । गत हप्ताको नो एलिमिनेसन एपिसोड कार्यक्रमको फरम्याट अनुसार नै भएको बताउँदै सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिंगको व्यवस्था गरेको जनाएको छ । नेपाल आइडलको एप डाउनलोड गरेर मन परेको नेपाल आइडलका प्रतियोगीलाई पाँचपल्टसम्म भोट दिन सकिने आयोजकले जनाएको छ ।

साथै कार्यक्रमका बारेमा केही गुनासा जिज्ञासा भए सभ्य र शीष्ट भाषामा राख्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । नेपाल आइडलमा अहिले चार प्रतियोगी बाँकी रहेका छन् । बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भटटराईमध्ये आउँदो शुक्रबार एक जना बाहिरिनेछन् । नेपाल आइडलको ग्रान्ड फिनाले सेप्टेम्बर २२ मा कतारमा हुने भएको छ । फिनालेमा टप १२ मा पुगेका सबै प्रतियोगीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *