जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग लिइदै आएको जरिवाना हट्यो

काठमाडौं । जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग लिइदै आएको २०० रुपैयाँ जरिवाना चर्को आलोचनापछि हटेको छ तर कारबाही प्रक्रिया भने रोकिने छैन । गृहमन्त्री जनार्दन शर्माले मंगलबार प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेका थिए । गृहमन्त्री शर्माको निर्देशन पछि नगद जरिवाना हटाइएको हो ।

अब जथाभावी सडक पार गर्नेलाई जरिवाना नगर्ने तर क्लास लिनु पर्ने व्यवस्था गर्ने ट्राफिक प्रहरी महाशाखाको तयारी छ । महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले भने, ‘जथाभावी सडक पार गर्नेहरु धेरै नै घटेका छन् । अब हामी जरिवाना हटाउँछौं तर क्लास लिनुपर्छ ।’

जेठ १६ गतेबाट सुरु भएको यो कारबाहीमा झण्डै २० हजार पैदल यात्रु परिसकेका छन् । ट्राफिकको अभियान राम्रो भएपनि पर्याप्त जेब्राक्रसिङ नै नभएको र जनचेतना मूलक कार्यक्रम नै नगरी जरिवाना गर्न थालिएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =