जस्तो सुकै घमण्डीलाई पनि सजिलै पट्याउन तरिका

एजेन्सी । कुनै केटा मन परेको छ तर उसँग नजिकिन सकिरहनु भएको छैन ? यदि यस्तो सङ्कटको सामना गरिहनु भएको छ भने चिन्ता नलिनिुस्, तपाईँलाई मन परेको केटा केही उपाय प्रयोग गरेर लाइनमा आउन सक्छन् । तल दिएको तरिकाको प्रयोगबाट तपाईँलाई मन परेका केटा तपाईँको माया जालमा छिट्टै पर्न सक्छन् । तर, त्यसका लागि तपाईँले केही कुरामा विशेष चनाखो भने हुनैपर्छ :

१. नजिक हुने प्रयास गर्नुस् : तपाईँलाई कुनै केटा असाध्यै मन परेको छ या तपाईँ उसलाई भित्रभित्रै दिलमा सजाइसक्नु भएर पनि उसको ध्यान तान्न सकिरहनु भएको छैन भने सुरुमा तपाईँले केही सजगता अपनाउनु पर्ने हुन्छ । त्यसका लागि तपाईँले पहिले त उसँग नजिक हुने प्रयास गर्नुपर्छ । उसका साथीहरूसँग नजिकिँदै उसँग नजिक हुने उपाय तपाईका लागि सबैभन्दा लाभदायक हुन सक्छ । उसँग उसका साथीमार्फत नजिकिनुस् र उसका आनीबानी थाहा पाउने प्रयास गर्नुस् ताकि उसका मनपर्ने र नपर्ने आनीबानीहरु तपाईँले थाहा पाउन सक्नुहोस् । उसका आनीबानी थाहा पाइसकेपछि तपाईँले त्यस्तो व्यवहार मात्र उसका अगाडि देखाउनुहोस्, जुन उसले मन पराउँछ ।

२. ग्रिन सिंग्नल दिनुहोस् : तपाईँलाई मन परेको कुनै केटाको आनीबानी बुझिसक्नु भएको छ भने अब तपाइको काम भनेको उसलाई लाइन मार्नतिर केन्द्रित हुनुपर्छ । त्यसैले अब ढिला नगर्नुहोस् तर पहिले उ तपाईप्रति सकारात्मक छ कि छैन भन्ने कुरा भने पहिल्याउनुस् । याद गर्नुहोस्, लाइन मार्दा सामान्य मर्यादा र अनुशासनको भने ख्याल गर्नुहोस् ।केटाहरू उपयोगितावादी हुने भएकाले तपाईँको पर्फमेन्सबाट उनीहरूले तपाईसँगको सम्बन्ध निर्धारण गर्ने गर्छन् । त्यसैले तपाईँले सधैँ उसँग श्लिल, विनम्र र मर्यादित ढङ्गले सम्बन्ध बढाउनुस् ताकि उसले तपाईँलाई लामो समयसम्मकै लागि सोचेर सम्बन्ध बढाओस् ।

३. लजाउनुहोस् : लाजलाई केटीहरूको गहनाको रूपमा हेरिन्छ । जतिसुकै सभ्य र आधुनिक युगमा प्रवेश गरे पनि पूर्वीय समाजका केटीहरू छाडा भएको कसैले पनि मन पराउँदैनन् । त्यसैले केटीहरूले सधैभरि यसमा ध्यान दिएर आफूलाई लाइन मार्ने कार्यमा क्रियाशील गराउनु राम्रो हुन्छ । त्यसैले कुनै केटाको ध्यान आफूतिर तान्न चाहानुहुन्छ भने सबैभन्दा पहिले हेराइमा ध्यान दिनुहोस् । उसलाई बारबार लजाएर हेर्नुहोस् । उसले तपाईँको हेराईबाटै थाहा पाओस् कि तपाईँ उसलाई चाहिरहनु भएको छ । तर हेर्दा यसरी हेर्नुस् कि केटाको मनमा पनि तपाईँ प्रति कौतुहुलता जागेर आअोस् । पट्क–पट्क हेर्ने र हल्का लजाएजस्तो गर्न भने नभुल्नुस् ।

४. ड्रेसअपमा ध्यान दिनुहोस् : मानिसलाई आकर्षण गर्ने अर्को तरिका भने लवाई वा ड्रसअप नै हो । लवाइले मानिसमा थप आकर्षक बनाउन सहयोग पुर्‍याउने भएकाले आफ्नो लवाईमा सधैँ सचेत हुनुहोस् । तर, तपाईँले आफ्ना लवाईमा भने यो विचार पुर्याउनुहोस् कि उसले कस्तो कपडा लगाउँदा तपाईँ प्रति उ आकर्षित हुन्छ । तर, धेरै भद्दा र खुलेको कपडा भने नलगाउनुहोस् किनकि त्यस्ता कपडा लगाउने प्रतिको केटाहरुको दृष्टिकोण निकै नै नकारात्मक हुन्छ ।

५. बोलीमा मिठासता देखाउनुहोस् : मन परेको केटाको छेउछाउ भएको बेला आफ्नो बोलीमा ध्यान दिनुहोस् । मिठो र मसिनो स्वर बोलेर केटालाई आकर्षित गर्ने, बोल्दा प्रयोग हुने शब्द र उच्चारणमा पनि सतर्कता अपनाउनुहोस् ताकि तपाईँको जालबाट उ उम्किन नसकोस् ।

६. केटाको हेरचाह गर्नुहोस् : केटासँग नजिकिने अर्को सजिलो तरिका हो, उसलाई लगातार हेरचाह गरिहनु । त्यसैले उसलाई कुनै समस्या पर्दा, उ अनुपस्थित हुँदा या बिरामी पर्दा उसँग यसबारे बुझ्नुहोस । जसले तपाईँ र उबीचको भावनात्मक सम्बन्ध थप झागिएर जान्छ ।

७. समस्यामा सहयोग गर्न नहिच्किचाउनुस् : कुनै पनि मानिससँग सम्बन्ध निर्माण गर्नका लागि उसको विपत्तिको या दुःखको घडी निकै नै फलदायी मानिन्छ । यो तथ्य बुझेका धेरै मान्छेहरू मन परेका मान्छेहरुसँग सम्बन्ध निर्माण गर्न चुक्दैनन्, त्यसको उपयोग गर्छन् र सम्बन्ध बनाउँछन् । त्यसैले तपाईँ पनि आफूलाई मन परेको केटा साथीलाई परेको समस्यामा सहयोगीको भूमिकामा देखिनुहोस्, जसले तपाईँको चाहना भरथेग गर्न मद्दत पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *