निर्वाचनमा हुने अधिक खर्च तत्काल नरोके मुलुक बर्बाद हुने

कार्तिक २९, काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुंगानाले निर्वाचनमा हुने अधिक खर्च तत्काल नरोके मुलुक बर्बाद हुने चेतावनी दिएका छन् ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रचार अभियानका क्रममा अधिक खर्च भइरहेका बेला पूर्व सभामुख ढुंगानाले यस्तो परिपाटी तत्काल बन्द नभए लोकतन्त्र खतरामा पर्ने र मुलुककै भविष्यमाथि गम्भीर आघात पार्ने बताएका हुन् ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका ढुंगाना एउटा गरिब तर योग्य नागरिकले जनताको विश्वास लिनै नपाउने गरी निर्वाचन खर्च हुने गरेको भन्दै चिन्ता पनि व्यक्त गरे । बुधवार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्व सभामुख ढुंगानाले निर्वाचनमा हुने अधिक खर्चलाई लोकतन्त्रको विषको संज्ञा दिँदै नियन्त्रणका लागि पहल गरिदिन संचारकर्मीहरुसँग आग्रह पनि गरे ।

पूर्व सभामुख ढुगानाले नेपाल मजदुर किसान पार्टीलाई आफूसहित नेपाली काँग्रेसका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =