आज मानव बेचबिखन विरुद्धको एघारौँ राष्ट्रिय दिवस

विष्णु जोशी, धनगढी । आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रमका साथ धनगढीको कैलालीमा मनाइएको छ ।

अबको गन्तव्य, मानव बेचबिखनको अन्त्य भन्ने मूल नाराका साथ धनगढीको चौराहबाट सुरु भएको रैली उपमहानगरपलिकामा पुगेर कोण सभामा परिणत भएको थियो ।

मूल आयोजक समिति धनगढी कैलालीको आयोजनामा कार्यक्रम आयोजना भएको थियो । कर्यक्रमको उद्घाटन महानगरपालिकाका मेयर निर्प बडालले गर्नु भएको थियो । साथै, यस क्षेत्रमा काम गर्ने सरकारी गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायत पत्रकार, बुद्धिजीवी तथा महिलाहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *