पुनर्निर्माणमा आर्थिक अभावः एउटै गजुरलाई १६ तोला सुन चाहिने

काठमाडौं, माघ ७ । विश्वसम्पदा सूचीमा परेका पाटन दरबार स्क्वायर परिसरका मूर्ति र गजुरमा राख्ने सुन किन्न आर्थिक अभाव हुँदा मल्लकालिन शैलीमा पुनर्निर्माण गर्न कठिनाइ देखिएको छ ।

भूकम्पले क्षतिग्रस्त बनाएका ती सम्पदाको मौलिकता कायम गर्न सुनको जलप लगाउनुपर्ने भए पनि सरकारले बजेट नछुट्याएका कारण कठिनाइ भएको हो । पाटन दरबार स्क्वायरमा २३ बर्षदेखि मूर्ति तथा गजुर निर्माणको काम गर्दै आएका बाबुरत्न महर्जनले कतिपय मूर्ति र गजुर बनाउन नमिल्ने गरी विग्रिएको बताउनुभयो ।

यस्ता विग्रिएका सामान पुनर्निर्माणमा धेरै खर्च लाग्ने उनीहरुको भनाइ छ । ‘भूकम्पले भत्किएका मन्दिरको एउटै गजुर बनाउन १६ तोला सुन चाहिन्छ’, बाबुरत्नले भन्नुभयो,‘त्यो पनि एक नम्बरी ।’

बाबुरत्नले हाल दरबार स्क्वायर परिसरभित्र पर्ने गंगायमुना, गोल्डेन गेट, यान्दाजु, योगनरेन्द्रको मन्दिर निर्माण गरेर सुन भर्ने काम सकिएको बताउनुभयो ।

उहाँले तामाको पाताबाट बनाइएको मन्दिरका मूर्ति र गजुर बनाउन नमिल्ने गरी विग्रिएको बताउनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =