बार्सिलोना आए काउटिन्हो

एजेन्सी । अन्ततः लामो प्रयास पछि स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिप काउटिन्होलाई भित्र्याउन सफल भएको छ । क्लबले ५ वर्षका लागि काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याउन सफल भएको हो ।
लालिगाको गएको सिजनमै काउटिन्होलाई बार्सिलोनामा भित्र्याउने कोशिष गरिए पनि क्लबले सकेको थिएन । २५ वर्षीय ब्राजिलियन प्ले मेकरलाई बाइआउट क्लज ४०० मिलियन युरो राखिएको छ । 
उनी बेलायतको सबैभन्दा महंगो ट्रान्सफर रेकर्डका साथ बार्सिलोना गएका छन् ।
काउटिन्हो जनवरी २०१३ मा इन्टर मिलानबाट ८.५ मिलियन पाउण्डमा लिभरपुल आएका थिए । बार्सिलोनामा काउटिन्होले नेइमारको स्थान लिन सक्ने बताईएको छ । नेइमार केही समयअघि २२ करोड २० लाख युरोको कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पिएसजी गएका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =