भाइरल ज्वारोले मुसिकोटमा ५ सय जना बिरामी

गुल्मी, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका १ पौदी थामडाडामा भाइल ज्वारोको कारण सयौ बिरामी परेका छन । गाँउका करिब ५ सय जना स्थानीय बिरामी भएको त्यहाबाट सरस्वती माबिका शिक्षक मोहन घिमिरेले जानकारी दिनुभयो । ज्वारोको प्रकोप भएको कारण मुनपा १ मा रहेका सरस्वती माबि, सिद्ध प्राबि, चन्द्र निमाबीमा बिद्यार्थीको संख्या आधार घटेको र बिद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको समेत उहाँले जानकारी दिनुभयो ।

गत हप्ताबाट बिरामीको संख्या ह्वात्तै बढेको समेत उहाँले जानकारी दिनुभयो । स्थानीय बासिन्दाले तत्काल स्वास्थ्य सेवा त्यस क्षेत्रमा पुर्याउन माग गरेका छन । यसैबीच गुल्मीको रीडि रुद्रवेणी वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाँउपालिकामा ४ दिनको लागि सडक बन्द हुने भएको छ । यही भाद्र २० देखी २३ गते सम्म चार दिन सडक बन्द गरीने सत्यवति गाँउपालिका प्रमुख पारीश्वर ढकाललले जानकारी दिजुभयो ।

सडकखण्ड को लुम्बिखोला देखी नादेवा खोला सम्मको सेक्सन बन्द गर्न लागेको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ‘करिब ४ दिन सम्म लागातार काम गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *