धनगढी–खुटिया–दिपालय फास्ट ट्रयाक विस्तार गरेर चीनसँग जोडिने : बलायर

काठमाडौं, भदौ १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले प्रदेश नम्बर ७ मा पर्ने धनगढी–खुटिया–दिपालय फास्ट ट्रयाक विस्तार गरेर चीनसँग जोडिने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन डोटीले आज दिपायलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री बलायरले भारतको गौरीफन्टा हुँदै चीनको ताक्लाकोट नाकासम्म सडक विस्तारको तयारी सरकारले गरिरहेको बताउनु भएको हो ।

उहाँले साविकको धनगढी–खुटिया–दिपायल फाष्ट ट्रयाकलाई धनगढी–दिपायल–चैनपुर–ताक्लाकोट नामाकरण गरेर काम थाल्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । यो सडक विस्तारपछि प्रदेश नम्बर ७ को विकासले फड्को मार्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =