धन कमाउन विदेश गएका छोराको मृत्युको खबर सुनेपछि…

कपिलवस्तु, १८ भदौ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ । साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो ।

गत साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् । घटना भएकोे अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकानी गरेकी उनकी श्रीमती सुबास्ना अर्कोदिन अकस्मात् श्रीमानको निधन भएको खबरले अचेत छिन् ।

धन कमाउन भनी विदेश गएका छोराको मृत्युको खबर सुनेपछि यति बेला परिवार शोकमा डुबेको छ । काठमाडौँको सलमानी ओभरसिज म्यानपावरबाट दुई वर्षअघि साउदी पुगेका पछाई त्यहाँ इलेक्ट्रिक कम्पनीमा काम गर्दै आएका थिए । आठ वर्षअघि प्रेम विवाह गरेका उनका चार वर्षका छोरा र दुई वर्षकी छोरी छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =