पुरुषहरू महिलाका यौन अङ्ग चिन्न असमर्थ

एजेन्सी । हरेकको हातहातमा स्मार्टफोन सँगसगै इन्टरनेटको आगमनपछि अश्लील फिल्महरुको बाढी नै आएको छ ।यस्ता फिल्म तथा अन्यखाले अश्लील सामग्री जो कोहीलाई पनि चौबिसै घण्टा सुलभ रूपमा उपलब्ध हुन थालेको छ । अझ भन्नु पर्दा धेरै मानिसहरू अश्लीलताको कुलतमा फसिसकेका छन् । यस्तोमा बेलायतजस्तो देश जहाँ यौन शिक्षा लागू पनि भएको छ, त्यहाँ नै आफ्ना यौनांगहरुका बारेमा स्वयम् महिलाहरू नै अनजान छन् ।

एक अध्ययन अनुसार आधाजसो बेलायती पुरुषहरू महिलाका यौन अङ्ग चिन्न असमर्थ छन् । यो भन्दा अझ हैरान लाग्ने कुरा के भने करिब आधा महिला पनि आफ्नो गोप्य अङ्गको बारेमा सही तबरले जानेका छैनन् ।

यौनांगको क्यान्सरसम्बन्धी अनुसन्धान संस्था इभ अपिलले हालै १ हजार पुरुषहरुलाई महिलाका यौन तथा प्रजनन अंगहरु सम्बन्धी चित्र प्रदर्शन गर्‍यो । त्यसमा योनी, योनीको भल्भा, पाठेघर, अण्डासय, डिम्बबाहिनी नली आदि थिए । ती एक हजार पुरुषमध्ये आधाजसोले त महिलाको योनी कुन हो भन्ने नै पत्ता लगाउन सकेनन् ।

सेप्टेम्बर महिना यौनांग क्यान्सर जनचेतना दिवसको महिना हो । तर, हरेक ६ जनामा एक जना पुरुषलाई स्त्री तथा यौनरोगका विषयमा थाहा नै छैन र उनीहरू महिलाका यस्ता यौनिक विषयमा जानकारी हुनुपर्छ भन्ने पनि ठान्दैनन् ।

इभी अपिलले महिलामा पनि एउटा सर्भेक्षण गरेको छ । जसमा सहभागी गराइएका ४४ प्रतिशत महिलाले चित्रमा देखाइएको आफ्नै शरीरको योनी पनि चिन्न सकेनन् । ६० प्रतिशत महिलाले यौनांगको भल्भा भन्ने भाग चिन्न सकेनन् । यसको अर्थ बेलायतका आधा महिलालाई आफ्नै यौनांगको बारेमा पनि जानकारी छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *