आमा बाबुलाई प्रेम नगर्नेहरुले आफ्नो छोराछोरीबाट प्रेम खोज्नु अपराध हो

“१.असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
२. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
३. जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
४. भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन ।
५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
६.हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।

७. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

८. सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।

९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

१०. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।

                                                                                               डा. योगि बिकासानन्द 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *