आज सुनको भाउमा ५०० ले वृद्धि

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १६ । शुक्रबार सुनको भाउमा वृद्धि आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
शुक्रबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय २४ डलर हाराहारीमा कारोबार भएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया