वायन रुनी पक्राउ

एजेन्सी । इंग्लिस क्लब एभर्टनका स्ट्राइकर वायन रुनी पक्राउ परेका छन् । रक्सी खाएर गाडी चलाएको आरोपमा प्रहरीले उनलार्इ उनको घर नजिकैबाट पक्राउ गरेको हो । इंग्लिस राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता तथा पूर्व कप्तान समेत भइसकेका रुनी गएराति पक्राउ परेका हुन् ।

३१ वर्षे रुनीले गएको हप्तामात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् । गएको सिजनसम्म म्यानचेष्टर युनाइटेडबाट प्रिमियर लिग खेल्दै आएका रुनी यो सिजन एभर्टन फर्किएका थिए । इंग्ल्याण्डमा रक्सीले मातेर गाडी चलाउन पाइँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *