सडकबाट डेढसय मिटर तल खस्यो बस, तीनको मृत्यु, २१ जना घाईते
२०७४ जेठ १५ गते

दाङ, माघ ८ । रुकुमबाट दाङ आउँदै गरेको यात्रुबाहक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा खसेको छ । ना५ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।
खोलामा खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी भरतबहादुर विकले जानकारी दिए । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

यात्रुहरूको संख्या भने अहिलेसम्म यकिन भइनसकेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरूको मोडल अस्पताल र कान्तिपुर मेडिकल, श्रीनगरसहित जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।
गम्भीर घाइतेहरूलाई थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








