जस्तो पनि पहिरन सुहाउने साम्राज्ञी (फोटो फिचर)

भदाै १६, काठमाडाै । साम्राज्ञी राज्यलक्ष्मी शाह एउटा त्यस्तो नाम हो, जसलाई दर्शकमाझ परिचित हुन धेरै चलचित्र खेलिराख्नु नै परेन । एउटै चलचित्रले उनलाई रातारात स्टार बनायो । हुन त, एउटै चलचित्रबाट स्टार बनेकी साम्राज्ञीले यो नाम र चर्चालार्इ जोगाउन सक्छिन् या सक्दिनन्, यो त भोलीको कुरा हो । तर, उनलार्इ अहिले चलचित्रमा लिनका लागि निर्माताहरु तछाडमछाड गरिरहेका छन् ।

साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गते अर्थात् आजबाट रिलिज भएको छ । साम्राज्ञीका लागि यो चलचित्र चल्नैपर्ने हुन्छ । कारण, पहिलो चलचित्र ‘ड्रिम्स’ रिलिज भएको करिब डेढ वर्षपछि उनी हलमा आउँदैछिन् त अर्कोतिर उनलार्इ नायक अनमोल केसीका कारण चलेकी हुन् भन्ने टिप्पणीलार्इ पनि गलत साबित गर्नु पर्नेछ ।

चलचित्रको प्रचारमा दौडिएकी नायिका साम्राज्ञी आफूहरूले निकै मिहिनेत गरेकाले चलचित्र चल्नेमा ढुक्क छिन् । झरना थापा निर्देशित चलचित्रमा उनको जोडीको रूपमा सलिनमान बनियाँले काम गरेका छन् ।

साम्राज्ञी पहिरनमा पनि निकै सजग छिन् । उनलार्इ जुन पहिरन लगाएपनि सुहाएको पाइन्छ । ‘ए मेरो हजुर २’बाट साम्राज्ञीले पहिलो चलचित्रबाटै बनाएको ब्रान्ड जोगाउछिन् कि जोगाउँदिनन्, यसका लागि केही दिन प्रतीक्षा गरौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *