हिन्दु धर्मका अाश्चर्यजनक रहस्यहरू जून थाहा पाउँदा छक्क पर्नुहुनेछ

“
हिन्दू धर्ममा भनाैँ वा सनातन संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्राे धर्ममा २९ वटा यस्ता रहस्यहरू छन्, जुन अझ सम्म पनि सुल्झिएका छैनन् र संभवत: तिनीहरूमध्ये केहीकाे रहस्य मानव जातिले कहिल्यै जान्ने छैनन् ।
प्राचीन सभ्यताहरू, धर्म, समाज र संस्कृतिहरूकाे महान भूमि भारतवर्ष अाफैँमा रहस्य र रोमाञ्चका लागि चिनिन्छ । एकातिर जहाँ यस पवित्र भूमिमा दुनियाँकाे प्रथम भाषा संस्कृतकाे जन्म भयाे भने अर्कातिर यसै भूमिमा संसारकाे प्रथम ग्रन्थ ऋग्वेदकाे रचना भयाे । फेरि यहाँ नै एकातिर दुनियाँकाे प्रथम लिपि ब्राह्मी लिपिकाे अाविर्भाव भयाे भने अर्कातिर यहाँ नै दुनियाँकाे प्रथम विश्वविद्यालय नालन्दा र तक्षशिलाकाे स्थापना भयाे ।
प्राचीन भारतवर्षमा एकातिर जहाँ अगस्त्य मुनिले बिजुलीकाे आविष्कार गरेका थिए । भने, हजाराैँ वर्ष पूर्व ऋषि भारद्वाजले यहाँ नै विमानशास्त्र जस्ताे शास्त्र लेखेर मानव मात्रलार्इ के सन्देश दिएका थिए भने कसरी विमान बनाउन सकिन्छ । पृथ्वीकाे गुरुत्वाकर्षणकाे सिद्धान्त भास्कराचार्यले प्रतिपादन गरेका थिए भने फेरि यहाँ नै कणाद ऋषिलार्इ परमाणु सिद्धान्तका जनक मानिएकाे छ । एकातिर जहां सर्प-भर्याङकाे खेल भारतवर्षमा नै जन्म्याे भने अर्कातिर शतरञ्ज वा चेसकाे आविष्कार पनि यहीँ नै भयाे । आचार्य चरक र सुश्रुतलार्इ प्लास्टिक सर्जरी चिकित्सा पद्धतिकाे खाेजीकाे श्रेय जान्छ । पाणिणीले दुनियाँकाे पहिलाे व्याकरण लघु काैमुदी रचना गरेका थिए । ज्यामिति, पाइकाे मान, सापेक्षतावाद वा रिलेटिविटी सिद्धान्तजस्ता कयाैँ सिद्धान्त र आविष्कारहरू यसै पवित्र भूमिबाट सुषुप्त अवस्थाबाट बाहिरिएका हुन् । तर, अाज हामी उल्लिखित सबै विषयहरूबाट परका केही रहस्यहरू उल्लेख गर्न गइरहेका छाैँ जुन अहिलेसम्म रहस्यकै रूपमा रहेका छन् ।
ऋषि कश्यप र उनका पत्नीहरूका पुत्रहरूकाे रहस्य :
के भनिन्छ भने सिंगाे पृथ्वी प्रारम्भिक कालमा एक द्वीप थियाे पछि याे दुर्य द्वीपमा विभाजन भयाे र कालान्तरमा सात द्वीपहरूमा परिणत भयाे । धार्मिक ग्रन्थहरूका अनुसार प्रारम्भिक कालमा सृष्टिकर्ता ब्रह्माले समुद्र र पृथ्वीमा विभिन्न किसिमका जीवहरकाे उत्पत्ति गरे । उत्पत्ति वा सृष्टिकाे यस कालखण्डमा उनले अाफ्ना कतिपय मानस पुत्रहरूलार्इ पनि जन्म दिए । तिनीहरूमध्ये एक थिए मरीची । ऋषि कश्यप ब्रह्माजीका मानस पुत्र मरीचीका विद्वान पुत्र हुन् ।
मान्यताका अनुसार उनलार्इ अनिष्टनेमीकाे नामबाट पनि चिनिन्छ । उनकी माता ‘कला’ कर्दम ऋषिकी पुत्री र कपिलदेवकी बहिनी थिइन् । यहाँ रहस्यकाे कुरा के छ भने के कुनै मानव सर्प, पक्षी, पशु आदि गरिएका जातिहरूलार्इ जन्म दिन सकछ त ? यद्यपि जीव विकासवादीहरूलार्इ यसमाथि शोधकाे विषय हुन सक्ला । के मनुष्य र पशुहरूकाे संयोगबाट कुनै एक नयाँ प्रजातिकाे जन्म हुन सक्छ ? भगवान विष्णु सदा एक गरूडमा सवार हुने गर्थे । यी गरूडजी कश्यपकी पत्नी विनीताबाट जन्मेका थिए ।
त्यसाे त कश्यप ऋषिका कयाैँ पत्निहरू थिए तर तिनीहरूमध्ये प्रमुख रूपले १७ वटीकाे नाम हामी उल्लेख गर्न चाहन्छाैँ । १. अदिति, २. दिति, ३. दनु, ४. काष्ठा, ५. अरिष्टा, ६. सुरसा, ७. इला, ८. मुनि, ९. क्रोधवशा, १०. ताम्रा, ११. सुरभि, १२. सुरसा, १३. तिमि, १४. विनीता, १५. कद्रू, १६. पतांगी र १७. यामिनी आदि ।
१. अदितिबाट १२ आदित्यहरूकाे जन्म भयाे- विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र र त्रिविक्रम (भगवान वामन) । यी सबै देवता कहलाए र यिनीहरूकाे स्थान हिमालयकाे उत्तरमा थियाे ।
२. दितिबाट कयाैँ पुत्रहरूकाे जन्म भयाे- कश्यप ऋषिले दितिका गर्भबाट हिरण्यकश्यप र हिरण्याक्ष नामक २ पुत्र एवं सिंहिका नामक एक पुत्रीलार्इ जन्म दिए । यी दैत्य कहलाए र यिनकाे स्थान हिमालयकाे दक्षिणमा थियाे । श्रीमद्भागवत महापुराणका अनुसार यी ३ सन्तानका अलावा दितिका गर्भबाट कश्यपका ४० अन्य पुत्रहरूकाे पनि जन्म भयाे, जो मरुन्दण कहलाए । कश्यपका यी पुत्रहर नि:सन्तान भए तर हिरण्यकश्यपका ४ पुत्र थिए- अनुहल्लाद, हल्लाद, भक्त प्रह्लाद र संहल्लाद ।
३. दनु : ऋषि कश्यपलार्इ उनकी पत्नी दनुका गर्भबाट द्विमुर्धा, शम्बर, अरिष्ट, हयग्रीव, विभावसु, अरुण, अनुतापन, धूम्रकेश, विरुपाक्ष, दुर्जय, अयोमुख, शंकुशिरा, कपिल, शंकर, एकचक्र, महाबाहु, तारक, महाबल, स्वर्भानु, वृषपर्वा, महाबली पुलोम र विप्रचिति आदि ६१ जना महान पुत्रहरू प्राप्त भयाे । यी सबै दानव कहलाए ।
४. अन्य पत्नीहरू : रानी काष्ठाबाट घोडा आदि एक खुर भएका पशु उत्पन्न भए । पत्नी अरिष्टाकाे गर्भबाट गन्धर्व पैदा भए । सुरसा नामक रानीबाट यातुधान (राक्षस) उत्पन्न भए । इलाबाट वृक्ष, लता आदि पृथ्वीमा उत्पन्न हुन वनस्पतिहरूकाे जन्म भयाे भने मुनिकाे गर्भबाट अप्सराहरू जन्मे । कश्यपकी क्रोधवशा नामक रानीले सर्प, बिच्छी आदि विषालु जन्तु पैदा गरिन् ।
“








