अस्ट्रेलियालाई पराजित गर्दै जापान विश्वकपमा छनौट

एजेन्सी । अस्ट्रेलियालाई २–० ले पराजित गर्दै जापानले रसिया विश्वकपमा स्थान सुरक्षित गरेको छ । सन् २०१८ मा हुने फिफा विश्वकपमा जापानले अाफ्नाे स्थान सुरक्षित गरेकाे हाे ।  विश्वकप छनौट अन्तर्गतको एसियन ग्रुप बीको खेलमा अस्ट्रेलियालाई पराजित गर्दै जापानले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै उक्त विश्वकपमा छनौट हुने जापान चौथो मुलुक बनेको छ । यस अघि आयोजक रसिया सहित इरान र ब्राजिल विश्वकपमा छनौट भइसकेका छन् ।

जापानलाई विश्वकपमा पुर्‍याउन ४० औँ मिनेटमा टाकुमा असानो र ८१ औँ मिनेटमा यासुकी इदिगुचीले गोल गरेका थिए । युटो नागाटोमो बायाँ तर्फबाट दिएको पासलाई असानोले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिएका थिए । भने,  ८१ औँ मिनेटमा यासुकीले उत्कृष्ट गोल गर्दै जापानलाई विश्वकपमा छनाैट गराए । खेलाडीलाई छलाउँदै डी बक्स बाहिरबाट उनले गरेकाे शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

हारपछि पनि अस्ट्रेलियाको ग्रुपबाट दोस्रो स्थानमा रही अथवा प्लेअफ सिस्टमका आधारमा विश्वकपमा छनौट हुन सक्ने सम्भावना यथावत छ । सो कुराको निर्धारण आगामी सेप्टेम्बर ५ मा मोलबर्नमा हुने थाइल्याण्ड विरुद्धको खेलबाट हुनेछ । सोही दिन जापानले साउदी अरेबियासँग खेल्नेछ ।

अस्ट्रेलिया र जापान रहेका एसियन ग्रुप बी बाट शीर्ष दुई टोली सिधै विश्वकपमा छनौट हुने छन् । भने, तेस्राे स्थानमा रहेको टोलीले एसियन ग्रुप ए को तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त प्रतिस्पर्धापछि उत्तरी र मध्य अमेरिका समूहको तेस्रो स्थानको टोलीसँग जित हात पारे सो टोली विश्वकप छनौट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *