कानुन अभावकै कारण चुनाव नरोकिने नरोकिने कानुनमन्त्री थापाको भनाई
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १५ । कानुन मन्त्री यज्ञबहादुर थापाले प्रदेश र प्रतिनिधि सभाको चुनाव कानुन अभावकै कारण नरोकिने बताउनुभएको छ । केहि सांसदका कारण संसदको राज्यव्यवस्था समितिबाट विधेयक अघि नबढेको गुनासो आइरहेका बेला मन्त्री थापाले यस्तो बताउनुभएको हो ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले निर्वाचनको लागि चाहिने ऐन तथा कानूनको अभावले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नरोकिने दाबी गर्नुभयो । निर्वाचन आयोगका पदाधिकारीहरुले छिटो कानुन उपलब्ध नगराइदिँदा चुनावको तयारी प्रभावित भएको बताउँदै आएका छन् । तर, मन्त्री थापाले पसलमा गएर रेडिमेड कपडा किनेजस्तो सजिलो कानुन बनाउन नभएको टिप्पणी गर्नुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








