लागूऔषध चरेश र गाँजा सहित पक्राउ

काठमाडौँ, १५ भदौ । काठमाडौँ सतुङगल बस्ने मकवानपुर दामन–९ घर भएका २२ वर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले ३ किलो लागूऔषध चरेश सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई बुधवार काठमाडौँ महानगरपालिका–१६ कालधाराबाट उक्त चरेश सहित पक्राउ गरेको हो ।

मोरङ : जहदा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामअवतार कामतलाई प्रहरीले ५ के.जी. लागूऔषध गाँजा सहित पक्राउ गरेको छ । जहदा गाउँपालिका–३ जयरामपुर स्थित भित्री सडकखण्डमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले बुधवार चेक प्वाईन्ट राखी चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकल चेकीङ्ग भईरेहको स्थान देखी अंन्दाजी १ सय मिटर टाढाबाट पछाडि फर्काई भागेपछि प्रहरी टोलीले पछ्याउदै जाने क्रममा चालकले पछाडि सवार कामतलाई उक्त गाँजा भएको झोला झारी चालक फरार भएका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *