झापा र सुनसरीमा गरी विप्लपका सात कार्यकर्ता पक्राउ

भरतराज शर्मा(गोपाल), कात्तिक २७, सुनसरी । निर्वाचन विरोधि गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तिन कार्यकर्तालाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभा चुनावको मिति नजिकिदै गर्दा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गदै इटहरी प्रहरीले तिन अगुवा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । अन्य कार्यकर्ताहरुलाई समेत निगरानी बढाइएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा पार्टीको केन्द्रिय जलस्रोत तथा उर्जा विभाग सदस्य ५६ वर्षिय रामप्रसाद राई, सुनसरीका युवा अध्यक्ष र पार्टीको सुनसरी जिल्ला सदस्य ४० वर्षिय रोषण ढकाल र पार्टीको सुनसरी जिल्ला सदस्य तथा इनरुवा नगरपालीका नगर सचिव लक्ष्मण कार्की रहेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले जानकारी दिएका छन् । राउतका अनुसार उनीहरुलाई सार्वजनिक ऐन अन्तरगत मुद्धा दायर गएिको छ । अबैध गतिविधि गरी निर्वाचन भाड्न खोज्नेहरुलाई कार्वाहीको दायरामा ल्याउने डिएसपी राउतले बताए ।

उता झापा प्रहरीले पनि नेकपाका जिल्ला सेक्रेटरी सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ, मेची अञ्चल व्यूरो सदस्य दर्शन भन्ने दीपक लताङग्री, सांस्कृतिक मेची व्युरो संयोजक इसलाम भन्ने नवल गजमेर र किसान भातृ संगठनका झापा क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक खोम मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

क्षेत्रीय संयोजक मिश्रलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले मेचीनगरबाट पक्राउ गरेको हो भने, जिल्ला सेक्रेटरी गुरुङसहित तीन जनालाई बिर्तामोडबाट पक्राउ गरिएको झापाका एसपी विष्णुकुमार केसीले जनाकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =