फिलर्स नेपालको राहत बाढीपीडितको हातमा !

काठमडौं, १५ भदौ । वाढी पीडितहरु राहत सामाग्री नपाएर छटपटिरहेको अवस्थामा फिलर्स नेपालले प्रिपावासी वाढी पीडितहरुको बस्तिमा पुगेर हात हातैमा राहत सामाग्री वितवरण गरेर फर्किएको छ । प्राय जसो एनजिओ आइएनजिओहरु राहत सामाग्री लगेर प्रमुख जिल्ला अधिकारीको हातमा छोड्दै राजधानी फर्कने क्रम बढिरहदा ती भन्दा फरक ढंगले फिलर्स नेपालले पीडितहरुकै हातमा राहत सामाग्री वितवरण गरेको हो ।

महोत्तरीको प्रिपामा रहेका झण्डै २ सय वढी वाढी पीडितहरुलाई फिलर्स नेपालले झण्डै तीन लाख भन्दा बढीको राहत सामाग्री वितरण गरेको छ । गत सोमवार राहत सामाग्री बोकेर तराई झरेको संस्थाले मंगलवार यी राहत सामाग्रीहरु पीडितहरुको हात हातैमा थमाएको हो ।

संस्थाले त्यहाँका वाढी पीडितहरुलाई म्याटिक्स,व्लांङ्केट,झुल,लामखुट्टे धपाउने धुप का साथैं लता कपडाहरु समेत वितरण गरी फिलर्स नेपालको समूह हिजो मात्र राजधानी फर्किएको हो ।

उक्त संस्थाका अध्यक्ष याङकी शेर्पाका अनुसार प्रिपाका वाढी पीडितहरुमध्य ५८० पुरुष तथा ५८० महिलाका साथैं बालवालिकाका लागि सानो मझौला र ठूलो लगाउने कपडाहरु समेत संस्थाले वितवरण गरेको हो । यस्का अलवा संस्थाले वाढी पीडितहरुको बस्तीमा सेनेटरी प्याड,मेडिकल किड्समा जीवनजल,प्यारासिटामोल,व्यान्डेज,पियुष,वेड सिट लगायतका राहत सामाग्री समेत वितवरण गरेको सस्थाले जनाएको छ ।

करिव पाँच महिना अगाडि मात्र स्थापना भएको फिलर्स नेपालले यस अगाडि हिमाली दुर्गम जिल्ला सोलुखुम्बुको खिरौले,चेपे,जुके,चिनाक्पु,दूधकुण्ड र सल्यान प्रावि स्कुलहरुमा पुस्तकालय निर्माण गरी झण्डै चार लाख भन्दा माथिको पुस्तक वितवरण गरिसकेको छ । विशेष गरी शिक्षाको क्षेत्रमा काम गर्दै आएको फिलर्स नेपाल राष्टिय विपतीको यो घडीमा तराई झरेर पीडितको हात हातैमा राहत सामाग्री वितवरण गरी राजधानी फर्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *