राजधानीमा हतियारसहित एक व्यक्ति पक्राउ

काठमाडौं, पुस २० । प्रहरीले काठमाडौंको कोटेश्वरबाट हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुवास कार्की रहेको जनाइएको छ ।

खोटाङ घर भएका कार्कीलाई कोटेश्वरस्थित न्यू सुनकोसी गेस्ट हाउसबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्कीलाई हतियारसहित पक्राउ गरेको हो ।

उनको साथबाट २ वटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =