नक्कली परीक्षार्थी पक्राउ
२०७४ जेठ १५ गते

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ मिनभवन यातायात व्यवस्था कार्यालय ट्रायल सेन्टरमा काठमाडौं शंखमुल बस्ने खोटाङ, ऐसेलुखर्कका ३० वर्षीय निरजराज भण्डारीको नाममा काठमाडौं सिनामंगल बस्ने खोटाङका ३५ वर्षीय अमर प्रधानले मोटरसाइकल ट्रायल परीक्षा दिएको अवस्थामा शनिबार दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर : कोरियन भाषाको इपिएस परीक्षा दिनको लागि गएका पिनाकल कलेज लगनखेल सेन्टरबाट ३ जना, लिटिल एञ्जल कलेज सेन्टरबाट १ जना र एसियन कलेज खुमलटार सेन्टरबाट १ जना नक्कली परीक्षार्थीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








