आजबाट फुटसल लिग सुरु, प्रतियोगिताबाट राष्ट्रिय फुटसल टोली छनोट गरिने

काठमाडौं, भदौ १५ । अखिल नेपाल फुटबल संघ एन्फाले आजबाट फुटसल लिग आयोजना गर्दैछ ।

विभिन्न निजी ईभेन्ट मेनेजमेन्ट कम्पनीहरुले एकपछि अर्को गर्दै आ–आफ्नै फुटसल लिग आयोजना गरिरहेको बेला एन्फाले आधिकारिक लिग सुरु गरेको हो ।

१६ टोली सहभागी हुने फुटसल लिगको पहिलो संस्करण विजेताले ५ लाख नगद पुरस्कार हात पार्नेछ ।

यही प्रतियोगिताबाट पहिलो पटक नेपालको राष्ट्रिय फुटसल टोली छनोट गरिने एन्फाले जनाएको छ । प्रतियोगिताबाट २५ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ ।

ती खेलाडीहरुबाट छानिएको अन्तिम टोलीले आगामी अक्टोबर १३ देखि २२ सम्म ईरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *